खोटाङमा गठबन्धनले खाता खोल्यो, जन्तेढुंगामा माओवादीकी राई विजयी

काठमाडौँ : प्रदेश १ को खोटाङमा गठबन्धनले विजय सुरुवात गरेको छ। जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र विजयी भएको हो।
गठबन्धनका उम्मेदवार अरुणादेवी राई विजयी भएकी हुन्। स्थानीय सन्क्गारकर्मी दिवस रिजालले दिएको जानकारी अनुसार राईले २ हजार ८ सय ८१ मत ल्याइन। निकटतम निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शंखरबहादुर राईले २ हजार ५७५ मत पाएका छन्।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन्। उनले २ हजार ८१२ मत प्राप्त गरे। प्रतिद्वन्द्वी एमालेकी विमला राईले २ हजार ४९५ मत प्राप्त गरे।
जेठ १, २०७९ आइतबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।