काठमाडौँ आधिकारिक मतपरिणामः बालेन शाहलाई दोब्बर मतको अग्रता

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन शाहको अग्रता कायम रहेको छ। सुरूदेखि नै अग्रता लिइरहेका बालेन पछिल्लो अपडेटसम्म नै अघि रहेका छन्।
आज दिउँसो ४ बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार अनुसार स्वतन्त्र उम्मेदवारको पक्षमा २८२८ मत परेको छ । त्यसैगरी, नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने १४३८ मत सहित दोश्रो स्थानमा रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको पक्षमा १३४० मत परेको छ।
उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले २८८४ मत ल्याएर अगता कायम गरेकी छन्। उनका प्रतिद्धन्द्धी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत ल्याएका छन्।
जेठ १, २०७९ आइतबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।