पुर्नवास नगरपालिका १० को स्थगित निर्वाचन जेठ ३ गते हुने

काठमाडौँ : पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ। निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग को स्थगित मतदान उक्त दिन हुने भएको हो।
मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ। वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो।
जेठ १, २०७९ आइतबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।