पोखरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट अगाडि छन्।
महानगरमा तीन हजार मतगणना हुँदा आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले एक हजार ४० मत पाएका छन्। थापाको भन्दा आचार्यको ८१ मत बढी छ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन्।
पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्वर १,२, ११ र १२ वडाको मतगणना चलिरहेको छ।
पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। शुक्रबार सम्पन्न मतदानमा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
जेठ १, २०७९ आइतबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।