बालेनले जित्ने/नजित्ने दावी गर्दै २८ किलो खसी बाजी

बालेनले जित्ने/नजित्ने दावी गर्दै २८ किलो खसी बाजी

काठमाडौँ : बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा जित्ने/नजित्ने दावी गर्दै दुई जनाले खसी बाजी राखेका छन्।

खोटाङको मझुवागढी नगरपालिका वडा नं.५ का विजय फुँयाल र सोही ठाउँमा बस्ने रमेश खड्काले  कागज गरेर खसीको बाजी राखेका हुन्। उक्त कागज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उक्त कागजमा उल्लेख भए अनुसार काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त खसीको मूल्य बराबरको रकम दिने सहमति भएको छ।

उक्त कागजमा तीन जनाले साक्षी बसेको प्रमाण सहित हस्ताक्षर पनि गरेका छन्। अहिले काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ। स्वतन्त्र उम्मेदवार बालेनले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्।

जेठ १, २०७९ आइतबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।