गोदावरी नगरपालिका १ र २ मा कांग्रेसको प्यानलनै विजयी

गोदावरी नगरपालिका १ र २ मा कांग्रेसको प्यानलनै विजयी

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर १ र २ मा कांग्रेस विजयी भएको छ। वडा नम्बर १ मा कांग्रेसका श्रीराज थापाको प्यानल सहित विजयी भए। वडा नम्बर २ मा कांग्रेसका मनोहरी सिलवाल को प्यानलनै विजयी भएको निर्वाचन आयोगले जनाएको छ। अहिले ३ र ४ नम्बरको मतगणना जारी छ। 

नगरप्रमुख तर्फ कांग्रेसकै गजेन्द्र हमाल तीन हजार ११३ मत सहित अगाडी छन्। एमालेका गम्भिर रानाले दुई हजार ३७८ मत प्राप्त गरेका छन्।उपप्रमुख तर्फ कांग्रेसकी मुना अधिकारी अगाडी छिन्। उनले ३०७३ मत प्राप्त गर्दा एमालेबाट उम्मेदवार बनेकी रमा प्रधानाङ्गले दही हजार ४१७ मत ल्याएकी छिन्।

जेठ १, २०७९ आइतबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।