ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना स्थगित, ५५ फर्जी मत भेटिएपछि विवाद

काठमाडौँ : ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना स्थगन भएको छ। मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ५५ वटा मतपत्र भेटिएपछि विवाद भएको हो। विवाद बढ्दै गएपछि मतदान स्थगन भएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले बताइन्।
वडा नम्बर १० को मतगणनाका क्रममा ५५ वटा हस्ताक्षर बिनाका मतपत्र भेटिएको थियो। अहिले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने प्रयास भइरहेका छ।
नगरपालिकामा १ हजार ४९८ मत गणना हुँदा प्रमुखमा सूर्य चिन्हलाई ४६६ र हँसिया हथौडालाई ४६७ मत प्राप्त भएको छ। यस्तै उपप्रमुखमा सुर्मा ६१२ र रुखमा ४०७ मत प्राप्त भएको छ।
जेठ १, २०७९ आइतबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।