पहिले कांग्रेसले टिकटै दिएन, अहिले कांग्रेस नै उनीसँग हार्यो

काठमाडौंः ललितपुर महानगरको वडा नम्बर १ मा ६६१ मत ल्याएर स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भए। नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकारलाई २२६ मतान्तरले पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भए। ध्रुवलालले ४२५ मत ल्याए।
कांग्रेसबाट ललितपुर वडा नम्बर १ मा निर्मलको मात्र नाम सिफारिस भएको थियो। उनी ०७४ को निर्वाचनमा समेत विजयी भएका थिए। तर, केन्द्रीय नेताहरूले पहुँचका आधारमा उनको नाम काटे। ध्रुवलाल तण्डुकारलाई टिकट दिए।
बागी उम्मेदवार भएका निर्मललाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्यो। पार्टीबाट निष्काशित गरिसकेको छ।
तर उनी स्वतन्त्र उम्मेदवार भई पुतली चुनाव चिह्नमा चुनाव लडे र दोस्रो कार्यकालको लागि निर्वाचित भए।
ललितपुरको वडा नम्बर १ कुपण्डोल क्षेत्र पर्छ।
जेठ १, २०७९ आइतबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।