भरतपुरमा चार हजार ४२३ मत गनिँदा कसले कति ल्याए ?

भरतपुरमा चार हजार ४२३ मत गनिँदा कसले कति ल्याए ?

काठमाडौंः स्थानीय तह निर्वाचनको मतपरिणामको लागि सबैभन्दा प्रतीक्षित नगर बनेको छ- भरतपुर। गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार छिन्।

उता कांग्रेसको साधारण सदस्यबाटै निष्काशनमा परेका जगन्नाथ पौडेल र एमालेका स्थानीयस्तरमा प्रभावशाली नेता विजय सुवेदी चुनावी मैदानमा छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मेयरमा रेनुलाई सघाउँदा एमालेका सुवेदीलाई राप्रपाले सघाइरहेको छ।

हालसम्म भरतपुरमा चार हजार ४२३ मत गन्दा गठबन्धनकी उम्मेदवार रेनुले एक हजार ६११ मत प्राप्त गरेकी छिन्। विजय सुवेदी एक हजार ५४१ मतसहित दोस्रो स्थानमा छन्।

उता स्वतन्त्र भुईँकटहर छाप लिएर उठेका जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन्।

उपमेयरमा राप्रपाकी हिमला गुरुङले एक हजार २४२ मत ल्याएकी छिन्। गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ७७५ मत ल्याएका छन्।

जेठ १, २०७९ आइतबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।