पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् २२ वर्षीय उम्मेदवारसँग वडा सदस्यमा पराजित

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् २२ वर्षीय उम्मेदवारसँग वडा सदस्यमा पराजित

काठमाडौंः एमालेकी नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन्। उनी स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यका उम्मेदवार थिए।

उनलाई कांग्रेसका २२ वर्षीय सम्भव अर्यालले पराजित गरेका हुन्। वालिङ– १ मा नेपाली कांग्रेसका उम्मेदवार पदमराज गुरुङ नेतृत्त्वको प्यानल नै निर्वाचित भएको छ।

वडाध्यक्षमा कांग्रेसका पदमराजले ८५० मत ल्याएर निर्वाचित हुँदा एमालेका गिरमान गुरुङले ८२९ मत पाएका छन्। वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले एक हजार २२ मत पाउँदा एमालेका लक्ष्मीपतिले ६२६ मत ल्याएका हुन्।

जेठ १, २०७९ आइतबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।