काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै

काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै

काठमाडौंः निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको आधिकारिक मतपरिणाम सार्वजनिक गरेको छ। आज दिउँसो १ बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार हालसम्म सबैभन्दा बढी मत उपमेयरकी उम्मेदवार सुनिता डङ्गोलले ल्याएकी छिन्।

सुनिताले दुई हजार २३२ मत ल्याएकी छिन्।

यस्तै मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ।

यस्तै गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ५७ मत ल्याएकी छिन्।

यस्तै हिजोदेखि शून्यमा रहेको विवेकशील साझाले पनि २८ मत प्राप्त गरेको छ। विवेकशील साझाबाट मेयरमा समीक्षा बाँस्कोटा उम्मेदवार छिन्।

योसँगै अब आयोगले मतगणनाको लागि ३१ नम्बर वडाको पनि मतपेटिका खोल्ने भएको छ। ३१ नम्बर वडा बानेश्वर-शान्तिनगर क्षेत्र हो।

यता आयोगले मतगणना र मत सार्वजनिक गर्न ढिलाइ गरेपछि भ्रामक सूचना फैलिइरहेको छ। यसअघि नै एक दलका प्रतिनिधिले बालेनले दुई हजार ४५७ मत ल्याएको विवरण सार्वजनिक गरेका थिए।

जेठ १, २०७९ आइतबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।