ललितपुर: वडा नम्बर १ को गणना सकिँदा चिरिबाबुलाई ४७५ मतको 'लिड'

काठमाडौंः ललितपुर महानगरपालिकाको १ नम्बर वडाको मतगणना सकिएको छ। एक हजार ७२६ मत खसेको वडा १ मा पुतली चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार वडाध्यक्षमा विजयी भएका छन्।
सो वडाको मतगणना सकिँदासम्म मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले ८७७ मत ल्याएका छन्। यता हरिकृष्ण व्यञ्जनकारको मत ४०२ रहेको छ। यी दुईबीचको मतान्तर ४७५ मतको रहेको छ।
राप्रपाकी अस्ठा महर्जनले १०८ मत पाएकी छिन्।
उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ४४४ मत ल्याएकी छिन्। माओवादीका बाबुराज बज्राचार्यले १८१ मत ल्याएका छन्। यस्तै राप्रपाकी स्वर्निमा शाक्यले १८९ मत ल्याएकी छिन्।
जेठ १, २०७९ आइतबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।