भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सिरहाः जिल्लाको औरही गाउँपालिका- ५ मा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका- १ बस्ने ३० वर्षीया तेतरीदेवी दास रहेकी छिन्।

गम्भीर घाइते भएकी दासको उपचारको क्रममा मृत्यु भएको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिँडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको हो।

मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ।

जेठ १, २०७९ आइतबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।