बालेनको मत दुई हजार ४५७, स्थापित र सिंह निकै पछाडि

काठमाडौंः सुरुदेखि अग्रता कायम राखेका बालेन साहले आफ्नो मतान्तर एक हजारभन्दा बढी मतले बढाएका छन्। काठमाडौं महानगरको मेयर पदको लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म दुई हजार ४५७ मत ल्याएका छन्।
बिहान ११ बजेसम्म ६ हजार ४७३ मत गणना हुँदा एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ४३७ मत मात्र ल्याएका छन्। उनी दोस्रो स्थानमा छन्।
यस्तै पाँच दलीय गठबन्धनसहित मेयर पदमा उठेकी कांग्रेसकी सिर्जना सिंहले एक हजार १६८ मत ल्याएकी छिन्।
हालसम्मको गणनामा बालेनले वडा नम्बर ३२ बाट सर्वाधिक ५७७ मत ल्याएका छन्।
जेठ १, २०७९ आइतबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।