बझाङको साइपलमा एमालेबाट जितेका अध्यक्ष-उपाध्यक्षको बराबर मत  

बझाङको साइपलमा एमालेबाट जितेका अध्यक्ष-उपाध्यक्षको बराबर मत  

काठमाडौं: बझाङको साइपल गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार एमालेका उम्मेदवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

उनीहरू दुवैले समान ६७५ मत ल्याएका छन्। गाउँपालिका अध्यक्ष जितेका मानवीर बोहराले ६७५ मत ल्याएका छन्। उपाध्यक्ष जितेकी डोल्मा तामाङले पनि ६७५ मत नै ल्याएकी छिन्।

अध्यक्षमा कांग्रेसका उज्वल बोहरा ६१३ मत ल्याएर पराजित भए। उपाध्यक्षमा कांग्रेसबाटै बाटु बोहराले ६१९ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए।

जेठ १, २०७९ आइतबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।