ललितपुर- १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर- १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौंः ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन्। निर्मल यसअघिको निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए। १ नम्बर वडा कुपण्डोल क्षेत्र पर्छ।

महानगरपालिकामा २९ वडा रहेका छन्।

जेठ १, २०७९ आइतबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।