राजेन्द्र लिङदेनको गृहपालिकामा राप्रपाकै अग्रता

राजेन्द्र लिङदेनको गृहपालिकामा राप्रपाकै अग्रता

झापाः झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ। हालसम्म तीन हजार ३०७ मत गणना हुँदा पालिका अध्यक्ष पदमा राप्रपाका रवीन्द्रप्रसाद लिङदेन एक हजार ६६० मतसहित अगाडि छन्।

उनलाई एमालेका डम्बरबहादुर गिरीले एक हजार २६ मतसहित पछ्याइरहेका छन्। यस्तै कांग्रेसका तुलसीप्रसाद ओलीले २९१
र माओवादीका भवानीप्रसाद दंगालले ९७ मत ल्याएका छन्।

यस्तै उपाध्यक्ष पदमा पनि राप्रपाका लक्ष्मीदेवी मैनालीले एक हजार ३५६ मत ल्याएकी छन्। एमालेकी शान्तादेवी गौतमले एक हजार ६ मतसहित उनलाई पछ्याइरहेकी छिन्।

यस्तै माओवादीकी टीकादेवी राउत १२५ मतसहित तेस्रो स्थानमा छिन्।

सो पालिकाको १ नम्बर वडामा पनि वडा अध्यक्षमा राप्रपाकै उम्मेदवार अगाडि छन्।

जेठ १, २०७९ आइतबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।