आँबुखैरेनी–१ मा माओवादीका गुरुङ विजयी

पोखराः तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीबाट उम्मेदवार बनेका वडा अध्यक्ष प्रेमबहादुर गुरुङसहित पूरै प्यानल विजयी भएको हो।
वडाध्यक्षमा गुरुङले ८५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशन थापाले ४१५ मत पाएका छन्।
त्यसैगरी एमालेका वडा अध्यक्षका उम्मेदवार खिलबहादुर रानाले ३५१ मत पाएका छन्।
यस्तै महिला वडा सदस्यमा माओवादीकी बसुन्धरा गौलीले ७५२, दलित महिला सदस्य सुशीला नेपालीले ८०८, खुला सदस्य कुमारबहादुर मगरले ७४८ र खुला सदस्य हरि बहादुर गुरुङले ७५२ मत ल्याएर विजयी भएका हुन्।
आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा पनि माओवादी नै अगाडि रहेको छ।
जेठ १, २०७९ आइतबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।