अष्ट्रेलियाका पूर्व क्रिकेटर साइमन्ड्सको मृत्यु, खेलाडीको रूपमा दुई वटा विश्वकप जितेका थिए

एजेन्सीः अष्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु भएको छ। शनिबार राति कार दुर्घटनामा उनको मृत्यु भएको हो।
तीव्र गतिमा रहेको उनको कार अनियन्त्रित भई पल्टिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ। कारमा उनी एक्लै थिए। उनी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको हो।
४६ वर्षीय एन्ड्रयु अष्ट्रेलियाका सफल क्रिकेटरमध्ये गनिन्छन्। उनी २००३ र २००७ को विश्वकप विजेता टोलीको मुख्य खेलाडीको रूपमा सामेल थिए।
उनले अष्ट्रेलियाका २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी ट्वेन्टी खेल खेलेका थिए।
जेठ १, २०७९ आइतबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।