वडा नम्बर २ जित्दै एकीकृत समाजवादीले बुटवलमा खाता खोल्यो

वडा नम्बर २ जित्दै एकीकृत समाजवादीले बुटवलमा खाता खोल्यो

बुटवलः बुटवल उपमहानगरपालिका वडा नं २ मा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार सुनिल शाक्य विजय भएका छन्। उनी यसअघिको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्य पदमा विजयी भएका थिए।

एमालेको विभाजनसँगै समाजवादीमा गएका शाक्यले एमालेका उम्मेदवार रमेश नेपाललाई ३८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

अध्यक्षबाहेक अरू चार जना सदस्य एमालेबाट विजयी भएका छन्।

जेठ १, २०७९ आइतबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।