एक पटक पनि अग्रता नलिएका व्यञ्जनकार भन्छन्- 'मैले जितिसकेको छु'

काठमाडौंः ललितपुर महानगरपालिकामा यसपटक पनि अघिल्लो निर्वाचनका दुई मुख्य उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र चिरिबाबु महर्जनबीच नै प्रतिस्पर्धा भइरहेको छ। हालसम्मको मतगणनामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिइरहेका छन्।
तर, एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भने केही वडाका मत परिणामले आत्तिन नपर्ने बताउँछन्। ‘वडा नं १ मा मैले सोचेभन्दा बढी मत आएको छ, त्यहाँ हामी कमजोर छौं,’ उनले उकेरासँग भने।
यता महर्जनले पनि यहि मतपरिणाम अन्तिमसम्म हुनेमा ढुक्क छन्। ‘अहिले भन्न सकिन्न। हेरौं। तर अन्तिमसम्म यही कायम रहन्छ होला’, उनले भने।
व्यञ्जनकारले जारी मतगणनामा एक पटक पनि अग्रता लिएका छैनन्। तर आफूले जितिसकेको उनी बताउँछन्। ‘मैले जितिसकेको छु। मतपेटिकाबाट झिक्न मात्र बाँकी छ,’ उनले भने।
पछिल्लो मतपरिणामअनुसार एक हजार चार सय मत गणना हुँदा चिरीबाबुले ७०६ मत पाएका छन् भने व्यञ्जनकारले ३३६ मत पाएका छन्।
जेठ १, २०७९ आइतबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।