दोलखाको भीमेश्वर- १ मा ३० वर्षपछि कांग्रेसको जित, वडामा 'क्लिन स्वीप'

दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेस नेतृत्त्वको टोली नै विजयी भएको छ। वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार माधव थामी विजयी भएका हुन्।
उनले एक हजार ३६ मत ल्याएर निर्वाचित हुँदा एकीकृत समाजवादीका केशवप्रसाद शिवाकोटीले ७७७ मत पाएका छन्। एमालेका जंगबहादुर थामीले ७३१ मत पाए।
साविक सुस्पा क्षमावती गाविस र हालको भीमेश्वर नगरपालिका–१ भएको यस क्षेत्रमा ३० वर्षपछि कांग्रेसले जितेको हो। यो क्षेत्रलाई एमालेले आफ्नो किल्लाका रूपमा चिनाउने गरेको थियो।
भीमेश्वर–१ मा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।
जेठ १, २०७९ आइतबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।