ललितपुर: चिरिबाबु र हरिकृष्णको मतान्तर ३७०

काठमाडौंः ललितपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। हालसम्म एक हजार चार सय मत गणना हुँदा चिरीबाबुले ७०६ मत पाएका छन्।
प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मत ल्याएका छन्।
यता उपमेयरमा उम्मेदवार नै नभएको कांग्रेसको रुख चिह्नमा २६७ मत आएको छ। गठबन्धनका तर्फबाट माओवादीका उपमेयर उम्मेदवार बाबुराजा बज्राचार्यले १४४ मत प्राप्त गरेका छन्।
जेठ १, २०७९ आइतबार ०९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।