खानीखोला गाउँपालिका- १ मा एक भोटले जिते माओवादीका सन्तमानले

खानीखोला गाउँपालिका- १ मा एक भोटले जिते माओवादीका सन्तमानले

काठमाडौंः काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादीका वडाध्यक्ष उम्मेदवार सन्तमान थिङ विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी एमालेका आशाराम गोलेलाई एक मतले हराएका हुन्।

खानीखोला वडा नम्बर १ मा कुल खसेको एक हजार २०२ मत गन्दा वडाध्यक्षमा विजयी सन्तमानले ५४८ मत ल्याएका थिए। आशारामले ५४७ मत ल्याए।

यस्तै सो वडाको मतगणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवारले ६१७ मत सहित अग्रता कायम राखेका छन्। यस्तै एमालेका उम्मेदवारले ४९७ मत ल्याएका छन्।

यता उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले ५२९ मत ल्याउँदा एमालेका उम्मेदवारले ४८३ मत ल्याएका छन्।

जेठ १, २०७९ आइतबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।