ललितपुरका पाँच वडाको मतपरिणाम: कांग्रेस तीनमा, एमाले र माओवादी १-१ वडामा विजयी

ललितपुरका पाँच वडाको मतपरिणाम: कांग्रेस तीनमा, एमाले र माओवादी १-१ वडामा विजयी

काठमाडौंः ललितपुर जिल्लाका पाँच वटा वडाको मतगणमा सम्पन्न भएको छ। हालसम्म गणना सकिएका पाँच वडामध्ये तीनमा कांग्रेस, एकमा माओवादी र एकमा एमाले विजयी भएका छन्।

गोदावरी- १ मा कांग्रेसका श्रीराज थापा विजयी भएका छन्। बागमती- १ मा कांग्रेसका ज्ञानबहादुर लो विजयी भएका छन्।

यस्तै महाङ्काल- ६ मा कांग्रेसकै विनोद चौँरेल, कोञ्ज्योसोम- १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम- २ मा एमालेका रोहण लामा विजयी भएका छन्।

महाङ्काल- ६ ठूलादुर्लुङको वडाध्यक्षमा ५२० मतसहित गठबन्धन (रुख)का विनोद चौँरेल विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका रमण बञ्जाराको ४२८ मत रहेको थियो।

जेठ १, २०७९ आइतबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।