तिलोत्तमामा कांग्रेसका खाँणको अग्रता कायमै

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन्। अहिलेसम्म दुई हजार १५४ मत गणना हुँदा उनले ८७१ मत ल्याएका छन्।
यहाँ एमाले उम्मेदवार मोहन चापागाईंले ७६८ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी जागेश्वरी चौधरीले ७०९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका हेमलाल पाण्डेले ४०४ मत ल्याएका छन्।
वडा नम्बर १ र १७ को मतगणना भएको हो। अन्यको मतगणना हुँदैछ।
जेठ १, २०७९ आइतबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।