गुल्मी दरबार गाउँपालिका: अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

बुटवलः गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोजकुमार थापा र उपाध्यक्षमा कांग्रेसकै तारा थापा विजयी भएकी छिन्।
सरोजकुमार ६ हजार १६६ मतका साथ विजयी भएका हुन्। त्यस्तै उपाध्यक्ष तारा ६ हजार २७७ मत प्राप्त गरी विजयी भएकी हुन्।
अध्यक्षमा पराजित एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा पराजित एमालेकै सुशीला पुनले ५ हजार ५०० मत ल्याएकी छन्।
यता, गुल्मीमा रेसुंगा नगरपालिकामा पनि नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्।
जेठ १, २०७९ आइतबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।