बुटवलमा खेलराजले बढाए मतान्तर

बुटवलः गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्। पछिल्लो मतपरिणामअनुसार चार हजार ८७६ मत गणना हुँदा पाण्डेले दुई हजार २१४ मत ल्याएका छन्।
त्यस्तै एमालेका भट्टराईले एक हजार ३१२ मत ल्याएका छन्। यी दुईबीच मतान्तर ९०२ मतको छ।
उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले अग्रता बनाएकी छिन्। अर्यालले एक हजार ४८२ मत ल्याउँदा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले एक हजार २८१ मत ल्याएका छन्।
अहिलेसम्म वडा नम्बर १ गणना सम्पन्न भइसकेको छ। वडा नम्बर २ र १९ को गणना भइरहेको छ।
जेठ १, २०७९ आइतबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।