मौसम अपडेट: सबै प्रदेशमा वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको कारण देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जेठ १, २०७९ आइतबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।