सैनामैनामा ३८ सय मत गन्दा गठबन्धनका मेयर उम्मेदवारको १७ सय

सैनामैनामा ३८ सय मत गन्दा गठबन्धनका मेयर उम्मेदवारको १७ सय

रुपन्देहीः जिल्लाको सैनामैना नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। सैनामैना- १ को तीन हजार आठ सय मत गन्दा गठबन्धनको उम्मेदवारहरूले अग्रता लिएका हुन्।

पछिल्लो परिणाम अनुसार सैनामैनामा मेयर पदमा गठबन्धनबाट कांग्रेस उम्मेदवार फणेन्द्र शर्माले एक हजार सात सय मत ल्याएका छन्। उनलाई एमालेका चित्रबहादुर केसीले एक हजार ४४४ मत ल्याएर पछ्याइरहेका छन्।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार नारायण महतले एक हजार ७६९ मतका साथ अग्रता लिएका छन्। उनलाई एमालेकी विना मगरले एक हजार ५८३ मत सहित पछ्याइरहेकी छिन्।

जेठ १, २०७९ आइतबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।