मध्यपुरथिमि- २ मा कांग्रेस, भक्तपुर- १ र ३ मा नेमकिपा विजयी

मध्यपुरथिमि- २ मा कांग्रेस, भक्तपुर- १ र ३ मा नेमकिपा विजयी

काठमाडौंः मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। ९८८ मत प्राप्त गरी उनी विजयी भएका हुन्।

उनको प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका थिए। वडा सदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन्। एउटा वडा सदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन्। 

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा दुई हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन्। भक्तपुर- ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन्।

अन्य स्थानको मतगणना जारी छ।

जेठ १, २०७९ आइतबार ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।