एमालेले जितेको चार वडामा बालेनको अग्रता, मतान्तर घटाउँदै स्थापित

काठमाडौँ : मध्यरातसम्मको गणनामा काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले केशव स्थापितलाई एक सय ८० मतले जितेका छन्। स्थापितले साहसँगको मतान्तर घटाइरहेका छन्। स्थापितसँगै सिर्जना सिंहको मतान्तर भने बढिरहेको छ।
साहको ९८० मत आउँदा स्थापितको ८ सय र सिंहको ५९४ आएको छ। अहिले महानगरको ३२,१,२,३ र ४ को मतगणना भइरहेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा यी सबै वडामा एमालेले जितेको थियो।
महानगरमा कुल एक लाख ९१ हजारको हाराहारीमा मत खसेको छ। उपमेयरमा सुनिता डङ्गोल प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन्।
जेठ १, २०७९ आइतबार ०१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।