मध्यरातमा सभागृह अगाडिको नारा बालेन दाइ हाई हाई
काठमाडौँ : राष्ट्रिय सभा गृह अगाडि दिउसैबाट स्वतन्त्र उम्मेदवार बालेन साहका फ्यानको भेला भएका छन्। नेपाली कांग्रेस अनि एमालेबाट समेत उम्मेदवारहरू भए पनि उनीहरूका समर्थक मतगणना स्थल बाहिर देखिएका छैनन्।
दिउसोबाट भेला भएका बालेनका समर्थकहरू भने मध्यरातसम्म बालेनदाई हाई हाई भन्ने नारा लगाएरै बसिरहेका छन्।
सुरक्षाकर्मीले उनीहरूलाई नेपाल पर्यटन बोर्ड अगाडिको सडक पेटीमा बस्न दिएको छ। उनीहरू त्यही बसेर कहिले यो जित कसको बालेनको भनेर नारा लगाउँछन् त कहिले बालेन दाइ हाइहाइ भन्छन्। कहिले बालेन दाइ चाहियो भन्दै कराउँछन्
मध्यरातसम्म राष्ट्रिय सभा गृह अगाडि मत परिणाम सुन्न बस्नेमा युवाहरूको सङ्ख्या धेरै छ। प्रौढहरू पनि मिसिएका छन् युवा जमातसँगै। उनीहरू पनि बालेन दाइ हाई हाईको नारामा आवाज मिसाइरहेको सुनिन्थे।
वैशाख ३१, २०७९ शनिबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।