भरतपुरमा बागी भुईँ कटर तेस्रोमा, रेनु झिनो मतले अगाडि

भरतपुरमा बागी भुईँ कटर तेस्रोमा, रेनु झिनो मतले अगाडि

चितवन : भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका बागी जगन्नाथ पौडेल तेस्रो मतका साथ एमालेका मेयर उम्मेदवारलाई पच्छ्याइरहेका छन्। कांग्रेसका अशन्तुष्टहरुको साथ लिएर भुईँ कटर चिन्ह लिएर उम्मेदवार बनेका पौडेलले अहिलेसम्म १२५० गन्दा एक सय ५७ मत मात्र पाएका छन्।

एमालेका उम्मेदवार विजय सुवेदी दोस्रोमा छन्। तर उनको मतान्तर भने धेरै छैन। उनले ४०२ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालको मत उत्साहजनक छैन। उनी छिनो मतान्तरले मात्रै अगाडि छिन्। उनले ४८३ मत पाएकी छिन्।

उपमेयरमा भने चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई ठुलै अन्तरले पछाडि छाडेका छन्। उनले ५३६ मत पाउँदा गुरुङले ३२० मत मात्र पाएकी छिन्। गठबन्धनको मेयर र उपमेयरबिच ५३ मतान्तर देखिन्छ।

वैशाख ३१, २०७९ शनिबार २३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।