प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेस विजयी

काठमाडौँ : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
केही बेर अघि सम्पन्न मतगणना अनुसार देउवाको गृह पालिका गन्यापधुरामा अध्यक्ष पदमा इन्द्रबहादुर कार्की विजयी भएका हुन्।
कार्कीले ३ हजार ३८४ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै ज्ञानुकुमारी सेटी विजयी भइन्। उनले ३ हजार १३ मत ल्याउँदा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन्।
यहाँ कांग्रेसविरुद्ध एमालेसँग तालमेल गर्दै कांग्रेस बिपी चुनावी मैदानमा उत्रिएको थियो। कांग्रेस बिपीको नेतृत्व निवर्तमान कांग्रेस सभापति कर्ण मल्लले गरेका छन्। वडा नम्बर १ मा भने कांग्रेस बिपी विजय भए।
वैशाख ३१, २०७९ शनिबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।