ललितपुरको महालक्ष्मीमा माओवादीको अग्रता

ललितपुरको महालक्ष्मीमा माओवादीको अग्रता

काठमाडौँ : ललितपुरको महालक्ष्मी नगरपालिकामा ३६९ मत गणना हुँदा माओवादीका मेयर पदका उम्मेदवार शिव कट्टेल अग्रता लिएका छन्। कट्टेलले १२६ मतका साथ अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका हरिगोबिन्द श्रेष्ठले १२६ मत पाएका छन्। राप्रपाले ३७ मत ल्याउँदा एकीकृत समाजवादीले २२ मत पाएको छ। 

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जनले ११०, एमालेकी बिना सुबेदीले १४२ र राप्रपाले ३३ मत पाएको छ। महालक्ष्मीमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ। अहिले वडा नम्बर १ को मतगणना जारी छ। 

वडाध्यक्षमा एमालेका छिरिङ लामाले १२०, माओवादीका अभिषेक केसी ७५, नेपाली कांग्रेसका मधुसदन केसी ७३, राप्रपाका देशवहादुर राई २१ र समाजवादीका प्रकाश दाहालले २० मत पाएका छन्।
 

वैशाख ३१, २०७९ शनिबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।