भरतपुरमा रेणु र विजय सुवेदी बराबर

चितवन : भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन्। चार सय मत गन्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार दाहालले १५० मत ल्याएकी छिन्। त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि १५० ल्याएका छन् ।
वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४५ मत ल्याएका छन्। उपप्रमुखमा गठबन्धन दल तर्फबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारी १८१ र राप्रपाकी हिमला गुरुङ १०६ मत पाएका छन्।
वैशाख ३१, २०७९ शनिबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।