ललितपुरमा उपमेयरमा उम्मेदवारी नदिएको कांग्रेसलाई ७९ मत

काठमाडौँ : ललितपुर महानगरपालिकामा कांग्रेसले उम्मेदवारी नै नदिएको उपमेयरमा ७९ मत खसेको छ। पाँच दलीय गठबन्धन भएको ललितपुरमा कांग्रेसको भागमा मेयर परेको हो।
उपमेयर पाएको एकीकृत समाजवादीका उम्मेदवार बाबुराजा बज्राचार्यले ४० मत पाएका छन्। बज्राचार्यले पाएको मत भन्दा बढी मत बदर भएको छ।
ललितपुर मनपाको वडा नम्बर–१ बाट मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस मेयर पदका उम्मेदवार चिरिबाबु महर्जन २१९ मतका साथ अग्रता कायम गरिरहेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका ९७ मतका साथ उनलाई पछ्याइरहेका छन्।
वैशाख ३१, २०७९ शनिबार १९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।