काठमाडौँको उपमेयरमा सुनिताले प्रतिस्पर्धीलाई निकै पछाडि छाडिन्

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार सुनिता डङ्गोलले प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी छिन्। तीन वटा वडाको ११ सय ८० मत गनिसक्दा उनले ५ सय २० मत पाएकी छिन्।
गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरको उम्मेदवारले जम्मा १ सय १० मत पाएका छन्। राप्रपाले १ सय ५ मत पाउँदा साझा विवेकशील पार्टीले जम्मा ३५ मत पाएको छ।
वैशाख ३१, २०७९ शनिबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।