लम्किए बालेन, ११८० गन्दा ४ सय पाए, कमल थापालाई एक मत

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको ११ सय ८० मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य पार्टीका उम्मेदवारभन्दा निकै अगाडि बढेका छन्। उनलाई एमाले उम्मेदवार केशव स्थापितले पच्छ्याइरहेका छन्।
साढे नौ बजेबाट सुरु गरेको मत गणनाको क्रममा वडा ३२, १ र २ को मत गणना भइरहेको छ। गणना निकै ढिलो छ। मत गणना स्थलमा दिएको जानकारी अनुसार वडा १ को ५ सय, २ को १८० र ३२ को ५ सय मत गनिएको छ। वडा ४ को पनि गणना सुरु भए पनि परिणाम भने सार्वजनिक भएको छैन।
अहिलेसम्म पहिलो नम्बरमा बालेन ४०२ मतका साथ अगाडि छन्। दोस्रोमा एमाले मेयर उम्मेदवार केशव स्थापित ३ सय १९ मत र तेस्रोमा सिर्जना सिंह २ सय २ मतका साथ तेस्रो स्थानमा छिन्।
मेयरको मतमा चौथौँमा आँखीझ्यालका उम्मेदवारले ६४ मत पाएका छन्। राप्रपाले ५३ र विवेकशील साझाको उम्मेदवारले १३ मत पाएका छन्। मेयरमा कलम चिन्हमा समेत मत परेको छ। राप्रपा नेपालको तिर चिन्हमा उम्मेदवार नभए पनि एक मत आएको छ।
वैशाख ३१, २०७९ शनिबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।