रम्भा गाउँपालिका–५ मा एमालेको प्यानल नै विजयी 

रम्भा गाउँपालिका–५ मा एमालेको प्यानल नै विजयी 

बुटवल : पाल्पाको रम्भा गाउँपालिका–५ मा एमालेको प्यानल नै विजयी भएको छ। वडाध्यक्ष पदमा १ हजार १३८ मत प्राप्त गरेर एमालेका खुमकान्त बस्याल विजयी भएका हुन्। 

उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर कामुले ७४६ मत पाए। खुला सदस्यमा एमालेकै दिलबहादुर गाहा, केशरबहादुर राना, महिला सदस्यमा हिमकुमारी राना र दलित महिला सदस्यमा नानुकुमारी गन्धर्व विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए। पालिका सबै वडामा गठबन्धन गरिएको थियो। 

वैशाख ३१, २०७९ शनिबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।