पोखरा महानगरको मतगणना २ बजेदेखि, आठ वडाको मतपेटिका एकैपटक खोलिने

पोखरा महानगरको मतगणना २ बजेदेखि, आठ वडाको मतपेटिका एकैपटक खोलिने
तस्बिर: सर्वदलीय बैठक

पोखराः पोखरा महानगरपालिकाको मतगणनाका लागि बसेको सर्वदलीय बैठक सकिएको छ। बिहान १० बजे निर्वाचन आयोगको कार्यालयमा बसेको बैठकले महानरको मतगणना दिउँसो २ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ।

बैठकको सहमतिअनुसार साढे १२ बजेसम्म दलका प्रतिनिधिहरू पठाउने, १ बजेसम्म प्रतिनिधिको नाम र फोटो उपलब्ध गराउने कार्यतालिका सार्वजनिक गरिएको छ। त्यसैगरी साढे १ बजेसम्म वडाअनुसार मतपेटिका मिलाउने र २ बजेदेखि मतगणना सुरु गर्ने  सहमति भएको छ।

निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दैछ। पोखरा महानरको ३३ वटा वडामध्ये ८ वटा वडाको मतपेटिका एकै पटक खोलेर गणना गरिने निर्वाचन कार्यलयले जनाएको छ।

कास्कीका माछापुच्छ्रे गाउँपालिका र रूपा गाउँपालिकामा मतगणना चलिरहेको छ। अन्य पालिकाहरूमा सर्वदलीय बैठक चलिरहेकाले बैठक सकिएपछि मतगणना गर्ने तयारी भएको छ।

वैशाख ३१, २०७९ शनिबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।