गुल्मीको मदानेमा कांग्रेस अघि, झण्डै सय मतले एमाले पछि

गुल्मीः जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। हालसम्म एक हजार मत गणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र कुँवरले ४९७ मत ल्याएका छन्।
एमालेका प्रेम केसी ३९६ मतसहित पछि छन्।
उपाध्यक्षमा एमालेकी सरिता खड्का ४२५ मत ल्याउँदा गठबन्धनकी बेगम चन्दले ३२९ ल्याएकी छिन्। वडा नम्बर १ मा गठबन्धनबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार सुशील चन्दले ५४४ र एमालेका प्रेम चन्दले ३८७ मत पाएका छन्।
वैशाख ३१, २०७९ शनिबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।