सिन्धुलीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु, चालक फरार

सिन्धुलीः जिल्लाको दुधौली नगरपालिका- ३ चारघरेमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छिन्।
गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको हो। मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ।
वैशाख ३१, २०७९ शनिबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।