बुढानीलकण्ठ नगरपालिकाको वडा १ अध्यक्ष जितसँगै मेयर-उपमेयरमा एमाले अगाडि

काठमाडौँ : बुढानीलकण्ठ नगरपालिकाको प्रारम्भिक मत गणनामा एमाले उम्मेदवारहरूले अग्रता लिएका छन्। प्रारम्भिक मत गणनाको प्रारम्भिक परिणाम अनुसार मेयरमा एमाले उम्मेदवारले कांग्रेसको उम्मेदवारलाई करिब ३ सय मतले पछाडि छाडेका छन्।
निर्वाचन आयोगका अनुसार एमालेका मिठाराम अधिकारीको ८७८, कांग्रेसको विनोद चालिसेको ४२८ मत ल्याएका छन्। एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले १२७ मत ल्याउँदा स्वतन्त्र सुमित खरेलको ३८ मत आएको छ। माओवादी उम्मेदवारले २२ र राप्रपाका उम्मेदवारले १३ मत पाएका छन्।
उपप्रमुखमा एमालेको अनिता लामाले ८१२ ल्याउँदा कांग्रेसकी रमिला वाग्लेको ४५३ मत आएको छ। अन्य दलका उम्मेदवारको सय मत पनि आएको छैन।
वडा १ मा एमालेका सुरेन्द्र लामाको ८४५ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका उत्तमकुमार खड्काको ४७३ मत आयो। अन्य वडाको मत गणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन।
वैशाख ३१, २०७९ शनिबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।