'माथिको आदेश' भन्दै बुटवलको मतगणनास्थलमा पत्रकारलाई फोटो-भिडियो खिच्न रोक

'माथिको आदेश' भन्दै बुटवलको मतगणनास्थलमा पत्रकारलाई फोटो-भिडियो खिच्न रोक

बुटवलः जारी स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत बुटवल उपमहानगरपालिकाको मतगणनास्थलमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाइएको छ। निर्वाचन अधिकृत लेखनाथ पौड्यालले 'माथिको आदेश' भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन्।

मतगणनास्थलको गेटमा खटिएका सुरक्षाकर्मीका अनुसार नेपाल टेलिभिजनलाई मात्र खिच्ने अनुमति रहेको छ। हिमालय टिभी प्रदेश उपप्रमुख ललित पाण्डेले अधिकृत पौड्याललाई फोन गरेर स्वीकृति मागे पनि विभिन्न बहानामा रोकेको गुनासो गरे।

शुक्रबार राति अबेरबाट सुरु भएको मतगणनास्थलमा पछिल्लो समय वडा नं १ को नौ सय मत गनेर सकिएको छ। गणकहरूको संख्या, दलका प्रतिनिधिहरूको कमीका कारण मतगणना ढिलाइ भइरहेको छ।

यस्तै उपमेयर पदमा धेरै मत बदर रहेको बताइएको छ।

वैशाख ३१, २०७९ शनिबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।