ताप्लेजुङको मेरिङदेन- ६ मा एमालेको प्यानलै विजयी

ताप्लेजुङः जिल्लाको मेरिङदेन गाउँपालिका–६ मा एमालेको प्यानलले विजय हासिल गरेको छ। नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवालाई १३२ मतान्तरले पछिपार्दै एमालेका उम्मेदवारले जित हासिल गरेका हुन्।
एमालेका उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए। कांग्रेसका ठाकुरसिंह लिम्बूले ३२४ मत मात्र प्राप्त गरेका थिए।
त्यस्तै ६ नम्बर वडामा सदस्यमा पनि एमालेका उम्मेदवार विजयी भएका छन्। अरू वडामा भने मतगणना जारी छ।
गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० र स्वतन्त्र २४४ मत प्राप्त गरेका छन्।
नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो।
वैशाख ३१, २०७९ शनिबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।