देउवाको गृहपालिकामा कांग्रेसको अग्रता

काठमाडौं: डडेलधुराको गन्यापधुरा गाउँपालिकामा दुई हजार तीन मत गन्दा कांग्रेसले अग्रता कायम राखेको छ। कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्कीले एक हजार ३२ मत प्राप्त गरेका छन्।
पालिकामा एमालेको समर्थन पाएको कांग्रेस बिपीका उम्मेदवार सुरेन्द्रबहादुर मालीले ४११ मत ल्याएका छन्।
सो पालिकामा नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाका कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाका टंकप्रसाद अवस्थी उम्मेदवार छन्।
गन्यापधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका हो।
वैशाख ३१, २०७९ शनिबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।