नक्सालको मतपेटिकाबाट काठमाडौं महानगरको मतगणना सुरु

नक्सालको मतपेटिकाबाट काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना थालिएको छ।

करिब तीन लाख मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।

काठमाडौंमा मेयर पदका लागि एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, राप्रपाबाट मदनदाश श्रेष्ठ, स्वतन्त्रबाट बालेन साह लगायत चुनावी मैदानमा उत्रिएका थिए।

वैशाख ३१, २०७९ शनिबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।