बुटवलमा कांग्रेसको अग्रता कायमै, तिलोत्तमामा पनि सुरु भयो मतगणना

बुटवलमा कांग्रेसको अग्रता कायमै, तिलोत्तमामा पनि सुरु भयो मतगणना

बुटवलः बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। उपमहानगरको वडा नं १ मा ९०० मत गणना सकिँदा कांग्रेसको अग्रता कायम रहेको हो।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन्। राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ पाउँदा नेकपा एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्।

०७४ सालको निर्वाचनमा यो वडा एमालेले जिते पनि मेयर पदमा नेपाली कांग्रेसले ५ सय मतले अघि रहेको थियो। राति १ बजे बाट सुरु भएको मतगणनामा निकै ढिलासुस्ती भइरहेको छ।

अन्य दुई स्थानमा थप गरी वडा नं. १९ को मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय बुटवलले जनाएको छ।

यता तिलोत्तमा नगरपालिकामा मतगणना सुरु भएको छ। वडा नं. १ र १७ बाट मतगणना सुरु भएको हो।

त्यस्तै जिल्लाको सियारी गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। एमालेले ५ सय मत गणना गर्दा १३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५८ मत प्राप्त गरेको छ।

वैशाख ३१, २०७९ शनिबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।